• २०८१ बैशाख २६ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ट्रम्प जुनियरले गरे श्रीमतीसँग डिभोर्स 

kharibot

वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले आफ्नी श्रीमती भेनेसा ट्रम्पसँग डिभोर्स गर्ने भएका छन् । 

सिएनएनका अनुसार आफ्नो १२ बर्षे वैवाहिक जीवनलाई अन्त्य गर्ने निर्णय गर्दै दुवैले डिभोर्सको लागि निवेदन दिएका छन् ।

सन् २००३ मा पिता डोनाल्ड ट्रम्पले आयोजना गरेको एक फेशन शोमा भेट भएका दुवैले सन् २००५ मा विवाह गरेका थिए । भेनेसा त्यति बेला एक मोडल थिइन् ।

दुवैले एक संयुक्त प्रेस विज्ञप्ती गारी गर्दै एक अर्कालाई उच्च सम्मान गर्ने भन्दै आफ्ना ५ छोराछोरी दुवैको प्राथमिकतामा रहेको उल्लेख गरेका छन् ।

ट्रम्प जुनियर डोनाल्ड ट्रम्पकी पहिलो श्रीमती इभान ट्रम्प पट्टीका छोरा हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै