• २०८१ बैशाख १४ शुक्रबार

एनसीसी बैंक प्रकरण : संचालक समितिका सदस्यसहित ३० जना पक्राउ, सिआईबिले सार्वजनिक गर्दै

kharibot

काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मश बैक (एनसीसी) को सञ्चालक समितीको बैठकमा केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले छापा मारेको छ ।

सिआईबी उच्च श्रोतका अनुसार बोर्ड बैठकमा सहभागी भएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैकका सञ्चालक समिती अध्यक्ष बिष्णुप्रशाद धिताल जो हाल एनसीसी बैंकमा सञ्चालक समेत रहेकाछन, उनी सहित ३० व्यक्ति पक्राउ परेकाछन ।

यि बाहेक पक्राउ पर्नेहरुमा प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल समेत रहेका छन् । एनसीसी बैंकमा हाल उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा ईमान सिंह लामा, चन्द्र प्रशाद बास्तौला, माधव प्रशाद भट्ट, कृष्ण प्रसाद श्रेष्ठ र कैलाश पतिन्द्र अमात्य रहेकाछन ।

यता सिआईबी उच्च श्रोतले भने पक्राउ परेका व्यक्तिहरुको बिस्तृत बिवरण प्रारम्भीक अनुसन्धान पश्चात सार्वजनिक गर्ने बताएको छ  ।

आज शुक्रबार मध्यान्ह एनसीसी बैंकको बोर्ड बैंठक चलिरहंदा सिआईबीले छापा मारेको हो । बैंक मर्ज हुँदा झण्डै दुई अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान थालेको हो । यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी खडा गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।

एपेक्सका त्यतिखेरका अध्यक्ष विष्णुप्रसाद धिताल र ब्यवस्थापनको मिलेमतोमा ऋण दूरुपयोग भएको थियो । धिताल अहिले एनसीसीमा पनि सदस्य छन् ।  दुई अर्ब ऋणमध्ये ४८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । एनबी समूह र निर्मल प्रधान समूहको झगडाले समस्या पर्दा नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएर सुधारेको एनसीसी बैंकले चार वटा बिकास बैंकलाई आफुमा गाभेपछि उसको अबस्था अत्यन्त कमजोर देखिएको थियो । एनसीसीले गत बर्ष ईन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैकm ईन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र सुप्रिम डेभ्लपमेन्ट बैंकलाई गाभेको थियो ।

बैकका सञ्चालक बिष्णु प्रसाद धिताल तत्कालीन एपेक्स डेभलपमेन्ट बैकका कमसल धितोमा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको भएपनि राजनीतिक आवरणमा हालसम्म सुरक्षित रहेकाछन । यस्तै खराव आचरण भएका व्यवस्थापनको झुण्ड समुहले गर्दा नै एनसीसी बैकको  बित्तीय अवस्था डामाडोल बन्न पुगेको छ ।

एनसीसीले यसअघि ईन्टरनेशनल डेभलपमेन्ट बैक, एपेक्स डेभलपमेन्ट बैक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक र सुप्रिम डेभ्लपमेन्ट बैंक समेतलाई आफुमा गाभेर एकीकृत कारोवार सुरु गरेको थियो । गाभ्ने प्रकृयामा पनि सेयरको स्वा्प रेसियो कायम गर्ने बिषयमा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला जो बिगतमा एनसीसी बैकका व्यवस्थापन समुहको संयोजक समेत रहेका थिए उनको समेत स्वार्थ अनुरुप करोडौ रुपैयाँ खाने काम भएको सेयरधनीहरुले आरोप लगाउँदै आएकाछन ।

यसको नकारात्मक असर अहिले बैकमा देखिने क्रम सुरु भएको छ । बैकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा सात करोड रुपैयाँ मात्र खुद मुनाफा कमाएको छ । यसगरी बैकमा खराव कर्जाको अनुपात दुई सय १० प्रतिसत भन्दा बढीले बृद्धि भएको छ । बैैकले संभावित जोखिम व्यवस्थापन शिर्षकमा मात्र ६५ करोड रुपैयाँ छुटयाएको छ । खराव कर्जा उच्चरुपमा बढ्नु, प्रोभिजन बढ्नु नाफा घट्नु भनेको बैकको निकै कमजोर हुनु हो, सेयरधनी श्रोतले भनेको छ । मर्जरमा जाँदा राष्ट्र बैकका कार्यकारी निर्देशक निरौला र बैकका सिईओ अर्याल नै मिलेमतोमा डिडिए रिर्पोटमा नै ठुलो परिमाणमा खराव कर्जा लुकाईएको थियो । यस्तो खराव कर्जा सबैभन्दा बढी एपेक्स डेभलपमेन्ट बैकको रहेको थियो ।

सिआईबिले पक्राउ परेकालाई सार्वजनिक गर्दै :

केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले एनसीसी बैंकमा मारिएको छापाको बिवरण सार्वजनिक गर्ने भएको छ । सिआईबीका प्रहरी नायव उपरिक्षक श्याम ओलियाले अबको आधा घण्टाभित्र घटनाको बिवरण सार्वजनिक गर्ने बताएका हुन् ।

सिआईबीले आज शुक्रबार एनसीसीको बोर्ड बैठक चलिरंहदा बिहान एनसीसी बैंकसंग मर्ज भएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष बिष्णुप्रसाद धिताल जो हाल एनसीसीमा समेत सञ्चालक रहेकाछन, उनी सहित ३० व्यक्तिहरुलाई पक्राउ गरेकाछन । मर्जर प्रकृयामा जाँदा दुई अर्ब रुपैयाँ बराबरको रकम घोटाला भएको भन्दै सिआईबीले एनसीसीमा अनुसन्धान सुरु गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै