• २०८१ बैशाख १७ सोमबार

कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता

kharibot

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले सोमबार मर्जरमा जान सम्झौता गरेका हुन् ।

सम्झौतामा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्ण प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । 

मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ । दुवै बैंक १: १ अनुपातमा मर्ज हुन लागेका हुन् । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै