• २०८१ बैशाख ८ शनिबार

बिबादमा तानिएका पाँडे अब एन्फा अध्यक्ष नेम्बाङको प्रमुख सल्लाहकार, प्रवक्तामा शाह

kharibot

काठमाडौं  । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बसेको कार्यसमिति बैठकले विदेश विभाग प्रमुखबाट नवीन पाँडेलाई हटाएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकले पहिलो कार्यसमिति बैठकबाट नियुक्त भएका पाँडेलाई पदमुक्त गर्दै अध्यक्ष पंकजबिक्रम नेम्बाङको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ ।

यस्तै, एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यबाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरेको छ । 

वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यबाहक प्रशिक्षकको रुपमा हुमागाईंलाई नियुक्त गरेको हो । 

यस्तै एन्फाले यु-१८ ललित स्मृति प्रतियोगिता, ए बी सी डिभिजन लिगको मिति तय गरेको छ । 

यस्तै, एन्फाको प्रवक्तामा सुरेश शाह नियुक्त भएका छन् । मानार्थ अध्यक्षमा  पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र मानार्थ वरिष्ठ उपाध्यक्षमा किशोर राईलाई नियुक्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै