काठमाडौँ । सिनर्जी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विनितमणि उपाध्याय पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआईबिले एनएसीसी बैंकसँग जोडिएको तत्कालिन एपेक्स डेभलपमेन्ट बैंक प्रकरणमा उपाध्यायलाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेका उपाध्यायले केहि समय एपेक्स डेभलपमेन्ट बैंकमा सहायक महाप्रवन्धकको रुपमा काम गरेका थिए । त्यंहा कार्यरत रहदा नक्कली ऋणी खडा गरेर बैंकमा एक अर्ब ५० करोडभन्दा बढी रकम नोक्सानी पुर्याएको अभियोगमा उनि पक्राउ परेका हुन् ।
सोहि अभियोगमा सिआइबिले एपेक्सका तत्कालिन अध्यक्ष हाल एनसीसी बैंकका संचालकसमेत रहेका विष्णुप्रसाद धितालसहित १३ जनालाई पक्राउ गरेको छ ।