• २०८१ बैशाख १८ मंगलबार

इजिप्टको चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु

kharibot

काठमाडौँ । इजिप्टको एक चर्चमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । इजिप्टको कप्टिक चर्चले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

इम्बाबाको सघन जनसंख्या भएको अबु सेफिन चर्चमा आगलागी भएको हो । घटनास्थलमा प्रहरी र उद्धार टोली खटिएको छ । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । यसैबीच राष्ट्रपति कार्यालयले पनि विज्ञप्ति जारी गरेको छ । राष्ट्रपति अब्दुल फतेह अल-सिसीले कप्टिक क्रिस्चियन पोप तावड्रोस द्वितीयसँग फोनमा कुरा गरेको विज्ञप्तिमा भनिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै