• २०८१ बैशाख २४ सोमबार

जाजरकोटमा सेनाको क्याप्टेन हुँ भन्दै हिडने पक्राउ

kharibot

जाजरकोट । नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन् । 

जाजरकोट नलगाड नगरपालिका–१३ खातीगुर्ताका २७ वर्षीय विष्णु गिरीलाई नक्कली कागजातसहित प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय दल्लीका अनुसार सरकारी छाप, दस्तखतको दुरुपयोग गरी नक्कली परिचयपत्र बनाई हिँड्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेका हो । 

पक्राउ परेका गिरीका साथबाट नेपाली सेनाको सहसेनानी दर्जा सहितको फोटो भएका परिचयपत्र समेतका कार्डहरु फेला परे पछि पक्राउ गरिएको प्रहरी निरीक्षक पुस्कर पन्तले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका गिरीलाई अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ। उनी माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै