• २०८१ बैशाख २३ आइतबार

फिनल्याण्डकी प्रधानमन्त्री मारिनको लागु औषध परीक्षण नेगेटिभ

kharibot

काठमाडौँ । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनको लागु औषध परीक्षण नेगेटिभ आएको छ ।  केही दिनअघि साना मरीन पार्टी गरिरहेको भिडियो भाइरल भएको थियो जसमा उनी नाच्दै, गाउँदै र केही पिउँदै गरेको देखिएकी थिइन् ।

यो भिडियोलाई उद्धृत गरिएको थियो कि उनले ड्रग्स पनि लिएको आरोप लागेपछि प्रधानमन्त्री मरिनले लागु औषध परिक्षण गराएकी थिइन् ।

फिनल्याण्डकी प्रधानमन्त्रीले पार्टीमा रहेर पनि आफूले कहिल्यै लागुऔषध सेवन नगरेको र गैरकानूनी काम नगरेको बताएकी छन् । उनले मदिरा सेवन गरेको स्वीकार गरेकी छन् ।

यस पार्टीको एउटा भिडियो लीक भएको थियो, जसमा साना मरीन फिनल्याण्डकी पपस्टारसहित अन्य केही व्यक्तिसँग देखिएकी छिन् ।

सरकारले जारी गरेको विज्ञप्तिमा ‘परीक्षणमा औषधि नभेटिएको’ भनिएको छ । यो परीक्षणका लागि प्रधानमन्त्री आफैंले पैसा दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विशेष सल्लाहकार लिडा भ्यालिनलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले सन्ना मरिनको पिसाबको नमूनाबाट कोकिन, अफिमबाट बनेको लागूऔषध, गांजा आदि जाँच गरिएको बताएको छ ।

पार्टीको भिडियो सार्वजनिक भएपछि मरीनले धेरै राजनीतिज्ञहरूको आलोचनाको सामना गर्नु परेको थियो । विपक्षी दलका एक नेताले मरिनलाई औषधि परीक्षण गराउन माग गरेका थिए । गत हप्ता एक पत्रकार सम्मेलनमा मरीनले आफूले आजसम्म कहिले पनि लागूऔषध सेवन नगरेको बताएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै