• २०८१ बैशाख २० बिहीबार

महिला प्रत्यक्ष चुनाव लड्न र देश चलाउन सक्षम छन्- डा. डिला संग्रौला

kharibot

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले नेपाली महिला प्रत्यक्ष चुनाव लड्न र देश चलाउन पनि सक्षम रहेको बताएकी छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद डा. संग्रौलाले नेपाली महिलाहरुलाई दलहरुले कम नआक्न आग्रह गर्दै महिलालाई प्रत्यक्ष चुनाव लडने अवसर दिन आग्रह गरेकी छन् । 

उनले भनेकी छन्- 

नेपाली महिलाहरुको प्रमुख चाड, हरितालिका तीज,  ऋषि पंचमी एवं  गौरा पर्व , को अवसरमा नेपाल तथा संसारभरि रहनु भएका दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको मंगलमय कामना गर्दछु।  साथै आउँदो मंगसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभाको निर्वाचनमा बढी भन्दा बढी महिलाहरुलाई प्रत्यक्ष तर्फ चुनाव लड्न अवसर प्रदान गर्न सबै राजनीतिक दलका नेतृत्वलाई आग्रह गर्दछु।  २१ औं शताब्दीमा नेपाली महिला प्रत्यक्ष चुनाव लड्न तत्पर छन्। घर चलाउन मात्रै हैन, देश चलाउन पनि सक्षम छन्।  तर नेतृत्वले उनीहरुलाई कम आँक्नु भएन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै