• २०८१ बैशाख २० बिहीबार

राष्ट्र बैंकले दियो प्रभु र सेञ्चुरी बैंकलाई मर्जरमा जान स्वीकृति

kharibot

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी कर्मसियल बैंकलाई गाभ्न सैद्धान्तिक स्वीकृति दिएको छ । केन्द्रीय बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले स्वीकृति प्रदान गरेको हो ।

दुई बैंकबीच प्रारम्भिक रुपमा १ बराबर १ शेयरको अनुपातमा गाभिने गरी सम्झौता भएको छ । सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिइओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिइओ बन्ने छन् । संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने छन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पुस मशान्तसम्म मर्जरको एकिकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ । यसै कारण यी दुई बैंकले पुस अघिनै मर्जर सम्पन्न गर्ने तयारी गरेका छन् ।

हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।दुवै बैंकको मर्जर पछि चुक्ता पूँजी २२ अर्बभन्दा बढी पुग्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै