• २०८१ बैशाख २६ बुधबार

अस्ट्रेलियाद्वारा न्यूजिल्याण्डविरुद्धको सिरिज क्लीनस्वीप

kharibot

काठमाडौँ । न्यूजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा अस्ट्रेलियाले क्लीनस्वीप गरेको छ ।

आइतबार भएको सिरिजको तेस्रो खेलमा २५ रनले जित हासिल गर्दै अस्ट्रेलियाले तीन खेलको सिरिज ३-० ले जितेको हो ।

अस्ट्रेलियाले दिएको २६८ रनको लक्ष्य पछाएको न्यूजील्याण्ड ४९.५ ओभरमा २४२ रन बनाउदा अल आउट भएपछि खेल २५ रनले गुमाएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले स्टिभ स्मिथको शतकको मद्धतले ५० ओभरमा ५ विकेट गुमाउदै २६७ रन बनाएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै