काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग दोहामा भेटवार्ता गरेका छन् ।
फिफा अध्यक्ष इन्फान्टिनोले नेम्बाङलाई एन्फा अध्यक्षमा निर्वाचित भएकोमा पुनः बधाई दिएका छन् ।
नेम्बाङले इन्फान्टिनोलाई नेपालमा जारी साफ महिला च्याम्पियनसिप २०२२ बारे दिँदै इन्फान्टिनोसँग फुटबल सम्बन्धी अन्य विषयमा छलफल गरे ।
उनले एन्फालाई गरेको सहयोगका लागि फिफाप्रति आभार व्यक्त गर्दै वर्तमान कार्यसमिति देशमा फुटबलको विकासका लागि प्रतिबद्ध रहेको र यसका लागि फिफासँग थप सहयोगको अपेक्षा गरेको बताए । राष्ट्रपति नेम्वाङले उठाएका विषयप्रति इन्फान्टिनो सकारात्मक थिए ।









