• २०८१ बैशाख २९ शनिबार

हंगेरीसँग हार्यो जर्मनी

kharibot

काठमाडौँ । यूइएफए नेसन्स लिग अन्तर्गत हंगेरीले जर्मनीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा हंगेरीले जर्मनीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

हंगेरीले जर्मनीलाई २००४ पछि पहिलो पटक पराजित गरेको हो ।

हंगेरीको जितमा खेलको १७औं मिनेटमा एडम सजलाइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको छ ।

यो जितपछि नेसन्स लिगको समुह ३ मा हंगेरीको ५ खेलमा १० अंक भएको छ र समुहमा शिर्ष स्थानमा छ । त्यस्तै जर्मनीको भने ५ खेलमा ६ अंक छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै