• २०८१ बैशाख २६ बुधबार

इटाली नेसन्स लिगको फाइनल चरणमा

kharibot

काठमाडौँ । इटाली युइएफएफ नेसन्स लिगको फाइनल चरणमा पुगेको छ । गएराती सम्पन्न खेलमा हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै इटाली नेसन्स लिगको फाइनल चरणमा पुगेको हो ।

इटालीको जितमा गिअकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह ३ को शिर्ष स्थानमा रहदै इटाली फाइनल चरणमा पुगेको हो । इटालीको ६ खेलमा ११ अंक रहेको छ । त्यस्तै हंगेरी समुहमा ६ खेलमा १० अंक हासिल गर्दै दोश्र र जर्मनी ६ खेलमा ७ अंक हासिल गर्दै तेस्रो भएका छन् ।

त्यस्तै यस समुहबाट इङल्याण्ड ६ खेलमा ३ अंक हासिल गरेको छ र समुहमा पुछारमा रहेको छ । इङल्याण्डले गएराती सम्पन्न खेलमा जर्मनीसँग ३-३ गोलको बराबरी खेलेको थियो ।

यसअघि क्रोसिया, नेदरल्याण्ड पनि नेसन्स लिगको फाइनल चरणमा पुगिसकेका छन् । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै