• २०८१ बैशाख २१ शुक्रबार

प्रधानमन्त्री ओलीको भारत भ्रमण अगावै पार्टी एकता : उर्जामन्त्री बर्षमान पुन

kharibot

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन्  । 

नेकपा माओवादी केन्द्र निकट पाल्पा–काठमाडौँ संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले आगामी १० दिनभित्रमा पार्टी एकता हुने गरी पार्टी एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिए । 

मन्त्री पुनले भने –“यही चैत २३ गते हुने प्रधानमन्त्रीको भारत भ्रमण अगावै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने गरी काम भइरहेको छ ।” 

संविधान जारी भई कार्यान्वयनको प्रक्रियामा रहेको अवस्थामा वाम गठबन्धनबीचको पार्टी एकतासँगै मुलुक आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढ्ने उहाँले बताए । 

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामप्रसाद बन्जाडे, पूर्व सभासद्द्वय विनोद पहाडी र तुलसा रानाले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धिका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए । 

बैठकले घनश्याम बस्यालको नेतृत्वमा ३५ सदस्यीय मञ्चको नयाँ कार्यसमिति र पूर्वसांसद तुलसा राना मगरको नेतृत्वमा नौ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै