• २०८१ बैशाख २५ मंगलबार

दिपक मनाङे फेरी एमालेकै समर्थनमा बने उम्मेदवार

kharibot

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङे फेरी एमाले तिर लागेका छन् ।

उनको लागि कांग्रेसले क्षेत्र खाली गरिदिएपनि मनाङे एमालेको समर्थनमा मनाङको प्रदेश सभा ख बाट स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

उनले आफुलाई गठबन्धन मन नपरेको भन्दै फेरी एमालेको समर्थन लिएको बताएका छन् ।

मनाङमा एमालेबाट प्रतिनिधि सभामा पोल्देन छोपाङ गुरुङ उम्मेदवार बनेका छन् भने प्रदेशसभातर्फ क बाट जिल्ला सचिव राजन गुरुङ उम्मेदवार बनेका छन् । मनाङेले अघिल्लो पटक पनि एमालेकै सहयोगमा जितेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै