• २०८१ बैशाख १८ मंगलबार

दोहोरो कुराकानी गर्न थाले शताब्दी पुरुष जोशी

kharibot

काठमाडौं । शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ । 

अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको छ ।

खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको छ । यद्यपि, उनले सामान्य दाेहोरो कुराकानी गर्न थालेको अस्पतालको भनाइ छ । 

उनलाई अहिले अस्पतालको डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्षसरहकै निगरानीमा उपचार गरिरहेको पनि अस्पतालले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै