• २०८१ बैशाख १६ आइतबार

जोशीको निधनले दु: खी छु, उनको योगदान राज्यले सधै सम्झिनेछ- प्रधानमन्त्री देउवा

kharibot

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीका योगदानलाई राज्यले सधैं सम्झिइरहने बताएका छन् । शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

प्रधानमन्त्री देउवाले जोशीको निधनको खबरले आफूलाई दु:खी बनाएको ट्वीट गर्दै उल्लेख गरेका छन् ।

उनले लेखेका छन्- 'शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै