• २०८१ बैशाख २१ शुक्रबार

गच्छदारसहित ९ जनाको उम्मेदवारी खारेज माग गर्दै परेको रिट खारेज

kharibot

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै दायर गरिएको रित सर्वोच्चले खारेज गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले अधिवक्ता अनिल आचार्यले दायर गरेको यो रिट खारेज गरेको हो । 

नैतिक पतनका मुद्धा खेपेका विजय कुमार गच्छदार, सरिता गिरी, गोविन्दराज जोशी, बिक्रम पाण्डे, प्रभु साह, टेक बहादुर गुरुङ, लक्ष्मी महतो, युद्ध विक्रम तामाङ र रेवतराज पुरीले दिएको उम्मेदवारी खारेज गरि पाउँ भनी अधिवक्ता आचार्यले रिट दायर गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै