• २०८१ बैशाख १६ आइतबार

एल क्लासिकोमा रियल म्याड्रिड विजयी

kharibot

काठमाडौँ । यस सिजनको पहिलो एल क्लासिको रियल म्याड्रिडले जितेको छ । आइतबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान रियल म्याड्रिडले बार्सिलोनालाई पराजित गर्दै ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ ।

रियल म्याड्रिडको जितमा करिम बेन्जमा, फेडेरिको भाल्भेर्डे र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल फेरान टोरेजले गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ९ खेलमा २५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै बार्सिलोनाको यो हारपछि ९ खेलमा २२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा झरेको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै