• २०८१ बैशाख १५ शनिबार

जिसस संयोजकलाई रातो पासपोर्ट, गाउँपालिका अध्यक्षलाई विशेष राहदानी

kharibot

काठमाडौँ  । सरकारले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरूको सूची संशोधन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबारको मन्त्रिपरिषद्को बैठकले सूची संशोधन गरेको हो ।

सरकारको नयाँ निर्णय अनुसार अब जिल्ला समन्वय समितिका संयोजकले पनि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने भएका छन् । तर, गाउँपालिका अध्यक्षलाई भने विशेष राहदानी उपलब्ध गराइने भएको छ ।

बैठकपछि सूचना तथा सञ्चारराज्यमन्त्री गोकुल बास्कोटाले प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकसम्मले कूटनीतिक राहदानी पाउने, गाउँपालिका अध्यक्षहरूले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै