• २०८१ बैशाख १४ शुक्रबार

दुईवटा राष्ट्रिय गौरबका सडकमा ७० करोड रकमान्तर

kharibot

काठमाडौँ । सरकारले दुईवटा राष्ट्रिय गौरबका आयोजनाका सडक निर्माणका लागि ७० करोड रुपैयाँ रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) र हुलाकी राजमार्गलाई गरी उक्त रकम रकमान्तर गरेको हो ।

विनियोजित वार्षिक बजेट अपुग भएपछि मन्त्रालयले उक्त बजेट रकमान्तर गरेको छ । मन्त्रालयले हुलाकी राजमार्गका लागि ४० करोड रुपैयाँ र कालिगण्डकी करिडोरका लागि ३० करोड रुपैयाँ रकम रकमान्तर गरेको हो । हुलाकी राजमार्गको दोस्रो चरणका १२ वटा सडकहरुको निर्माण कार्यको लागि उक्त रकम रकमान्तर गरिएको मन्त्रालयले जनाएको छ । यस्तै करिडोरका लागि मन्त्रालयले ३० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

हुलाकी राजमार्ग

पूर्व पश्चिम जोड्ने बैकल्पीक राजमार्गको रुपमा निर्माण भएको हुलाकी राजमार्गको तराइका जिल्लाहरुमा बढि केन्द्रीत छ । १६ सय ४४ किलोमिटरको यो राजमार्गका लागि सरकारले चालू आर्थिक वर्षमा चार अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । यस राजमार्गमा चालू आवको छ महिनामा एक अर्ब ९० करोड ८३ लाख रुपैयाँ खर्च भइसकेको थियो । सडक विभागले यो राजमार्गमा चालू आर्थिक वर्षमा ३० किमी सडक ग्राभेल गर्ने, पाँच सय १७ किमी सडक स्तरोन्नतीको ठेक्का व्यवस्थापन हुने र १५ वटा पुल निर्माण गर्ने लक्ष्य राखेको छ ।

कालिगण्डकी करिडोर

कालिगण्डकी करिडोरको उक्त खण्डको सडकको चौडाइ चार मिटरबाट ११ मिटर बनाउने प्रयोजनका लागि रकम निकासा गरिएको मन्त्रालयले जानकारी दिएको छ । सरकारले चालू आर्थिक वर्ष २०७४-७५ मा यो करिडोरका लागि ६३ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चालू आर्थिक वर्षको छ महिनामा जम्मा सात करोड ५७ लाख रुपैयाँ खर्च भइसकेको छ । कालिगण्डकी करिडोर कुल चार सय ३५ किलोमिटरको छ । विभागले चालू आर्थिक वर्ष दुई किमी ट्रयाक, १५ किमी ग्राभेल निर्माण गर्ने लक्ष्य राखेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै