• २०८१ बैशाख १५ शनिबार

इम्पेरिमेन्ट चार्ज बढेसँगै घट्यो सिद्धार्थ बैंकको नाफा

kharibot

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । यस अवधिमा खुद नाफा ४७.४८ प्रतिशतले घटेर ४९ करोड ८२ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ । 

अघिल्लो वर्षको यसै अवधिमा यसले ९४ करोड ८७ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा इम्पेरिमेन्ट चार्ज ह्वातै बढेकाले खुद नाफा प्रभावित भएको हो ।

गत वर्ष २० करोड ८५ लाख १३ हजार रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष ८९ करोड ३० लाख ६५ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा भने ३११.३९ प्रतिशत ले बढेर एक अर्ब २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १५ पैसा छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै