• २०८१ बैशाख २१ शुक्रबार

पूर्व स्वास्थ्यमन्त्री खतिवडामाथि चुनाव प्रचारको क्रममा हातपात

kharibot

कठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उमेदवार तथा पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडामाथि चुनाव प्रचारको क्रममा हातपात भएको छ ।

मत भोट माग्न घरदैलो गरिरहेका खतिवडामाथि मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मा हातपात भएको हो ।

खतिवडा मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुन् । गठबन्धनका साझा उम्मेदवार रहेका खतिवडालाई पुरुषोत्तम खड्का नाम गरेका व्यक्तिले हातपात गरेको प्रहरीले बताएको छ । हाल उनलाई हिरासतमा लिइएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै