• २०८१ बैशाख २१ शुक्रबार

बारा ४ मा किसान श्रेष्ठको अग्रता

kharibot

बारा । बारा क्षेत्र नम्बर ४ मा नेकपा गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले अग्रता लिएका छन् । प्रसौनी गाँउपालिका वडा नम्बर ७ बन्जरियाको मतगणना सम्पन्न हुँदा श्रेष्ठले दुई सय ७९ मतले अग्रता लिएका हुन् ।

उक्त वडाको एक हजार पाँच सय ८१ मत गणना हुँदा श्रेष्ठले सात सय ७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार एकवाल मियाँले चार सय ९८ मत पाएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जलिल देवानले ८३, स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेले ३७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा सदस्य ४ (१) तर्फ नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरीले अग्रता लिएका छन् । प्रसौनी ७ को मतगणना सम्पन्न हुँदा चौधरीले ६ सय तीन मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठले चार सय आठ मत पाएका छन् ।

हाम्रो नेपाली पार्टीका उम्मेदवार सन्तोष कुशवाहाले दुई सय २८, राष्ट्रिय प्रजातन्त्र पार्टीका यम जर्गामगरले एक सय ३९ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै