• २०८१ बैशाख २५ मंगलबार

कास्की–२ मा स्वतन्त्रको कँडेलको अग्रता कायमै

kharibot

अन्नपूर्ण । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको अग्रता कायमै रहेको छ ।

जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेल तीन हजार पाँच सय ४९ मतसहित अग्रस्थानमा छन् ।

नलाई नेकपा (एमाले)का विद्या भट्टराईले तीन हजार तीन सय ९९ मतसहित पछ्याएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बराल दुई हजार तीन सय ८८ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की तीन हजार आठ सय ३४ मतसहित अग्रस्थानमा छन् भने उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले तीन  हजार सात सय ४७ मतसहित पछ्याइररहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै