• २०८१ बैशाख १७ सोमबार

कास्कीमा जीप दुर्घटना : १२ जना घाइते

kharibot

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन् ।  

पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको  ग १ ज ५५४७ नम्बरको यात्रुबाहक जीप सल्लाघारी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए  । 

उनका अनुसार घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै रहेकाले घाइतेको अवस्था एकिन हुन सकेको छैन । घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ ।

घटनास्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै