• २०८१ बैशाख १५ शनिबार

रुपन्देही- ४ को प्रदेश २ मा कांग्रेसका खाँ विजयी

kharibot

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्य २ मा कांग्रेसका वसिउद्दीन खाँ विजयी भएका छन् । १२ जना उम्मेदवार रहेका सो क्षेत्रमा ११ जनालाई पछि पार्दै खाँ विजयी बनेका हुन ।

उनले सबै भन्दाबढी ११ हजार ३ सय ५ मतका साथ खा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका मोहनलाल यादवले ८ हजार २ सय ६५ मत, जनमत पार्टीका अर्जुन जैसवालले ७ हजार ६ सय ६१ मत ल्याए । खाँ ३ हजार ४०४ मतान्तरले विजयी भएको निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर ४ को ‘२’ मा ५७ हजार २ सय ७० मतदाता रहेकोमा ४० हजार ९ सय ६३ मत खसेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै