• २०८३ मङ्सिर ८ मंगलबार

उद्योगमन्त्री साह र युरोपेली राजदूत ह्वाइटलीबीच भेटवार्ता

उद्योगमन्त्री साह र  युरोपेली राजदूत ह्वाइटलीबीच भेटवार्ता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साह र नेपालका लागि युरोपेली राजदूत चार्लेज ह्वाइटलीबीच नेपाल–युरोप व्यापारिक सम्बन्ध विस्तारका विषयमा शिष्टाचार भेटवार्ता भएको छ ।

आज भएको भेटवार्तामा नेपाली उत्पादनको निर्यात प्रवर्द्धन, युरोपेली बजारमा नेपाली वस्तुको पहुँच विस्तार तथा वैदेशिक लगानी आकर्षित गर्ने विषयमा छलफल भएको हो ।

भेटमा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउने, निर्यातका नयाँ सम्भावना पहिचान गर्ने तथा आर्थिक सहकार्यलाई प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो ।

मन्त्री साहले नेपालको उत्पादन क्षमता र निर्यात सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्नेमा जोड दिएका थिए । उनले नेपाली वस्तुको युरोपेली बजारमा पहुँच विस्तार गर्दै व्यापारिक अवसर र वैदेशिक लगानीका सम्भावना बढाउनुपर्ने बताएका थिए ।

नेपालको उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने र आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा भेटवार्ता केन्द्रित रहेको जनाइएको उद्योग मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै