दाङ । दाङ-१ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता बढाउदै लागेका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार चौधरीले ७११८ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेबाट उम्मेदार बनेकी शान्ता चौधरीले ४५७१ मत प्राप्त गरेकी छन् ।
अहिलेसम्मको मत गणनामा मेटमणि २५४७ मतले अगाडी रहेका छन् ।