• २०७९ मङ्सिर १९ सोमबार

जनरल मुनीर बने पाकिस्तानको नयाँ सेना प्रमुख

kharibot

इस्लामाबाद । लेफ्टिनेन्ट जनरल असिम मुनीर बिहीबार पाकिस्तानको नयाँ सेना प्रमुख (सीओएएस) को रूपमा नियुक्त  भएका छन् ।   गत हप्तादेखिको विभिन्न अनुमानका बीच आज उनको नियुक्ति भएको हो ।  

"पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले संवैधानिक अधिकार प्रयोग गर्दै लेफ्टिनेन्ट जनरल साहिर शमशाद मिर्जालाई संयुक्त चिफ अफ स्टाफको अध्यक्ष र लेफ्टिनेन्ट जनरल सैयद असिम मुनीरलाई सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेका छन्" पाकिस्तानी सूचना मन्त्री मरियम औरंगजेबले ट्वीट गरेकी छन् । 

सो निर्णयको  बोधार्थ पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई पठाइएको  छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय