• २०८१ बैशाख १५ शनिबार

बेनजीर भुट्टोकी कान्छी छोरी आसिफाको औपचारिक रूपमा राजनीतिमा प्रवेश

kharibot

इस्लामावाद । पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रूपमा पाकिस्तानको राजनीतिमा प्रवेश गरेकी छन् । 

राष्ट्रपति भएपछि जरदारीकी पिताले खाली गरेको राष्ट्रिय सभाको सिटका लागि उम्मेदवारी दिएर उनले पाकिस्तानमा औपचारिक रूपमा राजनीतिक जीवनको थालनी गरेकी हुन् । 

सिन्ध प्रान्तको एनए–२०७ निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि आसिफाले आइतबार उम्मेदवारी दर्ता गराएकी छन् । आसिफाले एनए–२०७ को उपनिर्वाचनका लागि आफ्नो मनोनयन पत्र पेश गरेकी छन् । आसिफा पति नवाबशाहस्थित निर्वाचन अधिकारीको कार्यालयमा पुगेर मनोनयन पत्र बुझाएका हुन् । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका पति, असिफाका पिता तथा पाकिस्तानी राष्ट्रपति जरदारीले एनए–२०७ निर्वाचन क्षेत्रबाट पाकिस्तानको संसदीय निर्वाचनमा विजयी भएका थिए । उनी राष्ट्रपति भएपछि उनले जितेको निर्वाचन क्षेत्र खाली भएको थियो ।  यस अघि राष्ट्रपति जरदारीले छोरी आसिफालाई देशको प्रथम महिला नियुक्त गरेका थिए ।

पाकिस्तानकी एक मात्र महिला प्रधानमन्त्री बनेकी आसिफाकी आमा बेनजिर भुट्टो जरदारीको सन् २००७ मा रावलपिण्डीमा भएको आत्मघाती बम विस्फोट र आक्रमणमा हत्या भएको थियो । भुट्टोका भाइ बिलावलले यसअघि अप्रिल २०२२ मा इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएपछि बनेको पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सरकारमा पाकिस्तानको विदेशमन्त्रीको रूपमा काम गरिसकेका छन् । 

तर, यसपटक पीपीपीले शहबाज सरिफ नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने र सरकारमा सहभागी नहुने निर्णय गरेको छ । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सहअध्यक्ष आसिफ जरदारीले आइतबार पाकिस्तानको १४औं राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । 

जरदारी सेनाका प्रमुखबाहेक दोस्रो पटक राष्ट्रप्रमुख निर्वाचित हुने एकमात्र गैर–सैनिक (नागरिक) उम्मेदवार हुन् । उनले सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । 

पाकिस्तानमा फेब्रुअरी ८ मा निर्बाचन भएको थियो । इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारले अधिकतम ९२ सिटसहित पाकिस्तानको पहिलो शक्ति बनेपनि उनीहरू दलीय झण्डाबाट प्रतिनिधि नभएका कारण पिटिआईलाई ठूलो दलको रूपमा मान्यता दिइएको छैन । निर्बाचनमा दोस्रो धेरै (७३) सिट जितेको नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले संसद्मा सबैभन्दा ठूलो दलको मान्यता पाएको छ र ५४ सिट जितेको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले दोस्रो ठूलो दलको मान्यता पाएको छ ।

निर्बाचनका समय इन्टरनेट बन्द, धाँधलीपूर्ण मतदान र मतदानमा ‘समान अवसर’ को अभाव भएको आरोप पिटिआई र अन्य धेरै दलले लगाएपछि चुनावलाई विवादास्पद मानिएको थियो ।

पीपीपी र पीएमएल–एनबीच पाकिस्तानमा सरकार गठनका लागि केही दिनको छलफलपछि सरकार गठनका लागि सहमति भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै