• २०८१ बैशाख १५ शनिबार

राजेन्द्र महतोलाई पराजित गर्दै माओवादीका यादव विजयी

kharibot

सर्लाही । सर्लाही-२ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्र राय यादव प्रतिनिधिसभामा विजयी भएका छन् ।

यादवले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार यादवले २२ हजार ६३१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, लोसपाका उम्मेदवार महतोले २० हजार १६५ मत प्राप्त गरेका छन् ।

सर्लाही-२ मा ७२ हजार ३३ मत खसेको थियो भने तीन हजार ७९७ मत बदर भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै