• २०८१ बैशाख २४ सोमबार

यु-१९ राष्ट्रिय क्रिकेट- प्रदेश-१ विजयी

kharibot

काठमाडौँ । यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ विजयी भएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश-१ को जीतमा सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम गहतराजले अविजित २४ रन बताए ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ दशमलव ३ ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो । मधेश प्रदेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बताए ।

अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । प्रदेश-१ का लागि विपिन महतो र कप्तान दिपेश कँडेलले समान तीन/तीन विकेट लिए भने सन्देश भट्टराईले २ विकेट लिए ।

त्यस्तै आशीष मगर र आश्विन महतोले समान १/१ विकेट लिए । जीतसँगै प्रदेश-१ ले फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । प्रदेश-१ को चार खेलबाट चार अङ्क भएको छ ।

पराजित मधेश तीन खेलमा अङ्कविहीन छ । प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।

प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले  एक लाख पाउने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै