• २०८१ बैशाख २८ शुक्रबार

सुनसरी-४ मा पछि परे सञ्चारमन्त्री कार्की

kharibot

इनरुवा । सुनसरी-४ को मत गणना अन्तिम तिर पुगेको बेला कडा प्रतिष्पर्धा देखिएको छ ।

मत गणनाको पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैत अग्रता बनाएका छन् ।

अब अन्तिम वडाको मत गणना बाँकी रहेका बेला एमालेका कुसियैतले ८२ मतको अग्रता लिएका छन् । उनले २९ हजार ७९४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार बनेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २९ हजार ७१२ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै