• २०८१ बैशाख २८ शुक्रबार

सुनसरी-४ मा सञ्चारमन्त्री कार्कीको झिनो अग्रता

kharibot

इनरुवा । सुनसरी-४ को मत गणना अन्तिम तिर पुगेको बेला कडा प्रतिष्पर्धा देखिएको छ ।

मत गणनाको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका उम्मेदवार बनेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले झिनो अग्रता लिएका छन् ।  

मत गणनाको पछिल्लो अपडेट अनुसार कार्कीले ३० हजार १७० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १३९ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म गणना अनुसार कांग्रेसका कार्की एमालेका कुसयैतभन्दा ३१ मतले अगाडी रहेका छन् । 

यस क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै