• २०८१ बैशाख २८ शुक्रबार

सुनसरी-४ बाट सञ्चारमन्त्री कार्की विजयी

kharibot

इनरुवा । सुनसरी-४ बाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार बनेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मत अन्तरले विजयी भएका छन् ।

मत गणनाको अन्तिम परिणाम अनुसार कार्कीले ११२ मत अन्तरले जित हासिल गरेका हुन् ।

कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।

यस अघि २०७४ सालको निर्वाचनमा पनि कार्की यसै क्षेत्रबाट विजयी भएका थिए ।

उनले ०७४ मा एमालेका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५९७ मतान्तरले पराजित गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै