बाजुरा । बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले अग्रता बढाउदै लगेका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार कांग्रेसका पाण्डेले अहिलेसम्म १४ हजार २१५ मत प्राप्त गरेका छन् ।
त्यस्तै उनलाई नेकपा एमालेका कर्ण थापाले १२ हजार ५५७ मतसहित पछ्याइरहेका छन् ।
अहिलेसम्मको मत गणना अनुसार कांग्रेसका पाण्डे एमालेका थापा भन्दा १६५८ मतले अगाडी रहेका छन् ।
बाजुरामा कुल ८३ हजार ५६७ मतदाता रहेकोमा ६० हजार १५२ मत खसेको थियो । अहिलेसम्म २६ हजार ९४२ मत गणना भइसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मङ्सिर ४ गतेसम्पन्न निर्वाचनका क्रममा झडपका घटना भएका कारण मत गणना हुन सकेको थिएन । निर्वाचन आयोगको निर्देशन पछि बिहीबार बेलुकादेखि सुरु भएको थियो ।