• २०८१ बैशाख २२ शनिबार

बाजुरामा अग्रता बढाउदै कांग्रेसका बद्री पाण्डे

kharibot

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले अग्रता बढाउदै लगेका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार कांग्रेसका पाण्डेले अहिलेसम्म १७ हजार ४० मत प्राप्त गरेका छन् । 

त्यस्तै उनलाई नेकपा एमालेका कर्ण थापाले १३ हजार १५२ मतसहित पछ्याइरहेका छन् ।

अहिलेसम्मको मत गणना अनुसार कांग्रेसका पाण्डे एमालेका थापा भन्दा ३८८८ मतले अगाडी रहेका छन् ।

बाजुरामा कुल ८३ हजार ५६७ मतदाता रहेकोमा ६० हजार १५२ मत खसेको थियो । अहिलेसम्म ३० हजार ९७६ मत गणना भइसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

मङ्सिर ४ गतेसम्पन्न निर्वाचनका क्रममा झडपका घटना भएका कारण मत गणना हुन सकेको थिएन । निर्वाचन आयोगको निर्देशन पछि बिहीबार बेलुकादेखि सुरु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै