स्याङ्जा । स्याङ्जा-२ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ विजयी भएका छन् ।
मत गणनाको अन्तिम परिणाम अनुसार गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरेर जित हासिल गरेका हुन् ।
उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी पद्मा कुमारी अर्यालले २५ हजार ८३९ मत प्राप्त गरेकी छन् ।
गुरुङले अर्याललाई ५ हजार ५२७ मतान्तरले पराजित गरेका छन् ।
त्यस्तै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार ११३ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्याङ्जा-२ प्रदेश सभा तर्फपनि दुवै क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । २ को क मा कांग्रेसका भोजराज अर्याल विजयी भए भने ख मा महेश भट्टराई विजयी भएका छन् ।