काठमाडौँ । दोलखाको मत गणना अन्तिम तिर पुगेको बेला नेकपा माओवादी केन्द्र र एमालेका उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिएको छ ।
मत गणनाको पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले फेरी अग्रता लिएका छन् । शिवाकोटी अहिले २९ मतले अगाडी रहेका छन् ।
शिवाकोटीले ३३ हजार ९३८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ३३ हजार ९०९ मत प्राप्त गरेका छन् ।
दोलखामा अब तीन गाउँपालिका ४ वडा बाँकी रहेका छन् । जसमा विगु गाउँपालिकाको वड नम्बर १ रहेको छ भने शैलुङका १ र २ तथा मेलुङको १ नम्बर वडाको मत गणना बाँकी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।