• २०८१ बैशाख १८ मंगलबार

दक्षिण अफ्रीकाद्वारा अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिज कब्जा, १९७० पछि पहिलो पटक जित्यो सिरिज

kharibot

काठमाडौँ ।  दक्षिण अफ्रीकाले अस्ट्रेलियासँगको विवादस्पद सिरिज आफ्नो कब्जामा लिएको छ । 

चार टेस्ट खेलको सिरिज ३-१ को जित हासिल गर्दै सिरीजी कब्जा गरेको हो । दक्षिण अफ्रिकाले घरेलु मैदानमा सन १९७० देखि अस्ट्रेलियाविरुद्ध पहिलो पटक टेस्ट सिरिज जितेको छ ।

अन्तिम टेस्टको पाँचौ दिन ६१२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया केबल ११९ रनमा अल आउट भएपछि दक्षिण अफ्रीका ४९२ रनले चौथो टेस्ट जित्दै सिरिजमा ३-१ को कब्जा गरेको हो ।  अस्ट्रेलियालाई ११९ रनमा अलआउट गर्न दक्षिण अफ्रिकाका बलर भेरनन फिलानदरले ६ विकेट लिएका थिए । खेलको पाचौ दिन ८८ रनमा तिन विकेटको अवस्थाबाट खेल्न सुरु गरेको अस्ट्रेलियाले बाँकी ७ विकेट केवल १७ ओभरमा ३१ रन बनाउदा गुमाएको थियो । 

यस अघि दक्षिण अफ्रीकाले पहिलो इनिंगमा ४८८ रन बनाएको थियो भने अस्ट्रेलियाले आफ्नो पहिलो इनिंगमा केबल २२१ रन बनाउदा दक्षिण अफ्रीकाले २६७ रनको अग्रता लिएको थियो ।  दक्षिण अफ्रिकाले दोस्रो इनिंगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट गुमाएर ३४४ रन बनाउदै अस्ट्रेलियालाई ६१२ रनको लक्ष्य दिएर आफ्नो पारि समाप्तिको घोषणा गरेको थियो । 

यो सिरिज अस्ट्रेलिया क्रिकेटको इतिहासमै सबैभन्दा बढी चर्चित र विवादस्पद बन्यो ।  तेस्रो टेस्ट खेलको तेस्रो दिन अस्ट्रेलियाका खेलाडी क्यामरन बेन्क्रफ्ट क्यामरामा बल बिगारिरहेको अवस्थामा पक्रिएपछि सुरु भएको विवादले कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई एक बर्षको प्रतिबन्ध लाग्यो भने बल बिगार्ने बेन्क्रफ्टलाई ९ महिनाको प्रतिबन्ध लाग्यो ।  टिमका कोच डेरेन लेहम्यानले यसै टेस्टपछि आफ्नो कोच पदबाट राजीनामा दिइसकेका छन् ।
 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै