• २०८१ बैशाख १५ शनिबार

प्रधानमन्त्री देउवाले दिए ‘मेमोरी किङ’ शर्मालाई बधाई

kharibot

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले दुई पटकसम्म कीर्तिमान राख्न सफल भएकोप्रति शुभकामना दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिए । 

शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गरेका छन् । उनले आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताएका छन् ।

थप विश्व रेकर्ड कायम गर्ने अठोट गरेका शर्माले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीहरूको पनि स्मरणशक्ति बढाई शिक्षा क्षेत्रमा मद्दत पु¥याइरहेका छन् । 

शर्माले यसअघि सन् २०१५ मा एक मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए ।

“यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गरेको छु”, शर्माले भने, “आगामी दिनमा अझै विश्व कीर्तिमान राखेर नेपालको नाम विश्वसामु फैलाउने वाचा गर्दछु ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै