• २०८१ बैशाख २० बिहीबार

ब्रिटिस कलेजमा एड्भान्स कम्प्युटर साइन्सको एमएस्सी कार्यक्रम शुरु हुदै

kharibot

काठमाडौँ । बेलायतको किल विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ लञ्च गर्न लागेको हो ।

यो प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’ द्वारा सञ्चालन गराइनेछ । यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ । 

किल विश्वविद्यालयको यो कोर्स निकै एडभान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरुका लागि निकै फलदायी हुने कलेजले जनाएको छ । यो कोर्सले विद्यार्थीहरुलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङग्वेयज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर, र सफ्टोयर इन्जिनियरिङ) लाई समेट्ने कलेजले जनाएको छ ।  

किल विश्वविद्यालय युकेमा अध्ययनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । ७० वर्षदेखि विश्वभर यस विश्वविद्यालयको धेरै संस्थाहरुसँग पार्टनरसिप रहेको छ । स्टुडेन्ट क्राउड अवार्डस् २०२२ मा विद्यार्थीहरुबाट यो विश्वविद्यालयलाई प्रथम स्थानमा राखिएको थियो । यस विश्वविद्यालयले अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउँदै आइरहेको छ । यस संस्थामा अध्ययनरत गर्ने विद्यार्थीहरुले इन्टर्नसिप र व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन् । 

ब्रिटिस कलेजका सिइओ राजन कँडेलले भने, ‘उक्त विश्वविद्यालयसँग पार्टनरसिप गर्न पाउँदा हामी उत्साहित छौँ । नयाँ शैक्षिक कार्यक्रमहरुले विद्यार्थीहरुको ज्ञान र सिपको विकास गर्ने कुरामा हामी प्रष्ट छौँ । यसले समाजलाई ‘डिजिल ट्रान्सफमेसन’ गर्न सहयोग गर्नेछ ।’ 

यो डिग्री हासिल गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्तिको सुविधा समेत उपलब्ध छ । यो कोर्समा भर्ना हुने पहिलो ३० जना विद्यार्थीहरुलाई ट्युसन फि मा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ । यो अफर जनवरी महिनासम्म मात्र हुनेछ ।

कम्प्युटर साइन्स विषयमा व्याचलर अध्ययन गरिसकेका वा अन्य सम्बन्धित क्षेत्रका विद्यार्थीहरुले यो कोर्सका लागि आवेदन दिन सक्नेछन् । थप जानकारीका लागि द ब्रिटिस कलेज (थापाथली वा चाकुपाट) को एडमिशन शाखामा सम्पर्क गर्न सकिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै