• २०८१ बैशाख १५ शनिबार

विश्वमा फेरी बढ्दैछ कोरोना संक्रमण, भारतमा पनि भेटियो ओमिक्रोनको सबभेरिएन्ट

kharibot

काठमाडौँ । चीनसहित विश्वका धेरै देशमा कोरोना फेरी बढ्दै गएको रिपोर्ट सार्बजनिक भइरहेका छन् । ओमिक्रोनको सबभेरिएन्ट बीएफ-७ ले चीनमा कोरोनाको नयाँ लहर सिर्जना गरेपछि विश्वभर चिन्ता व्यक्त गरिएको छ ।

यसैबीच ओमिक्रोनको सबभेरिएन्ट बीएफ ७ छिमेकी देश भारतमा पनि फेला परेको छ । भारतीय मिडियाहरुका अनुसार भारतमा बीएफ ७ को पहिलो केस गुजरात बायोटेक्नोलोजी रिसर्च सेन्टरले पत्ता लगाएको थियो । हालसम्म गुजरातबाट यो भेरियन्टका दुई केस र ओडिशाबाट एक केस रिपोर्ट गरिएको छ ।

विश्वमा बढ्दो कोरोना संक्रमितलाई मध्यनजर गर्दै बुधबार केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मांडवीयको अध्यक्षतामा कोभिड समीक्षा बैठक पनि बसेको थियो । बैठकमा विज्ञहरूले हालसम्म कोभिडका सङ्क्रमितको सङ्ख्यामा ठूलो वृद्धि नभएको भए पनि विद्यमान र उदीयमान उप-विकृतिहरूको ट्रयाक राख्न निरन्तर निगरानी आवश्यक रहेको बताए ।

ओमिक्रोनको सब भेरियन्ट बीएफ ७ हाल चीनका धेरै सहरहरूमा तीव्र गतिमा बढ्दै गएपछि अस्तव्यस्तको अवस्था सिर्जना भएको छ । यसका धेरैजसो केसहरू बेइजिङमा देखिएको बताइएको छ । चीनमा बीएफ ७ को उच्च ट्रान्समिसिबिलिटी पनि चिनियाँ जनसंख्यामा अघिल्लो संक्रमणबाट कम प्रतिरोधी क्षमता र सम्भवतः खोपको कारण पनि हुन

सक्ने बताइएको छ । यस सब-भ्यारियन्टका केसहरू अमेरिका, बेलायत र बेल्जियम, जर्मनी, फ्रान्स र डेनमार्क जस्ता युरोपेली देशहरू लगायत अन्य धेरै देशहरूमा पनि देखिएका छन् ।

मिडिया रिपोर्टका अनुसार अहिले चीनमा हरेक दिन २० हजारभन्दा बढी संक्रमित हुने गरेको र कम्तिमा ५० जनाले ज्यान गुमाइरहेको बताइएको छ । त्यस्तै जापानमा हरेक दिन एक लाखभन्दा बढी संक्रमित भइरहेको र दुई सयभन्दा बढीले ज्यान गुमाइरहेको उल्लेख गरिएको छ ।

त्यस्तै दक्षिण कोरियामा मंगलबार मात्र ८७ हजार संक्रमित र ५६ जनाको कोरोनाबाट ज्यान गएको छ भने फ्रान्समा मंगलबार ७१ हजार संक्रमित हुदा १३० जनाको मृत्यु भएको छ ।

त्यस्तै जर्मनीमा हरेक दिन ५० हजार भन्दा बढी संक्रमित भइरहेका छन् भने दैनिक १५० भन्दा बढीको मृत्यु भईरहेको छ । त्यसैगरी अमेरिकामा मंगलबार मात्र २५ हजारभन्दा बढी संक्रमित हुदा ३०८ जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा ७ हजारभन्दा बढी संक्रमित हुदा ५९ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा भने पछिल्लो २४ घण्टामा ६६३ परिक्षण गर्दा २ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै