• २०८१ बैशाख १५ शनिबार

ओली र प्रचण्डको लगातार दोस्रो दिन भेट !

kharibot

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएलगत्तै संघीय संसदमा जलपान समारोह भएको छ । संसदका जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराएपछि नवनिर्वाचित सांसदहरुलाई जलपान गराएका हुन् । 

उक्त जलपान समारोहमा नवनिर्वाचित सांसदहरुसहित संसद् सचिवालयले आमन्त्रण गरेका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ ।

यसबीच जलपान समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकै ठाउमा बसेको दृश्य रोचक देखिएको छ ।

बुधबार राष्ट्रपति कार्यालयमा पनि संसदको जेष्ठ सदस्यको शपथ गराउने कार्यक्रममा पनि सँगै रहेका ओली र प्रचण्ड लगातार दोस्रो दिन सँगै देखिनुलाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

अहिले सत्ता गठबन्धनले सरकार गठन गर्ने बताइरहेका बेला एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले बाम गठबन्धनको सरकार बनाउने प्रयास गरिरहेका छन् । यद्यपी यस बारेमा ओली र प्रचण्डबीच छलफल भएको नभएको विषय भने स्पष्ट भएको छैन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै