• २०८१ बैशाख २३ आइतबार

दक्षिण सुडानको स्थितिप्रति राष्ट्रसङ्घको चिन्ता

kharibot

जुबा । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको ग्रेटर जोङ्ले क्षेत्रमा सशस्त्र नुयर युवा परिचालनबाट देशको शान्तिसुव्यवस्थामा खलल पुग्ने जनाउँदै द्वन्द्वग्रस्त मुलुकको पछिल्लो स्थितिप्रति चिन्ता व्यक्त गरेको छ । 

यहाँस्थित राष्ट्रसङ्घीय शान्ति नियोग (अनमिस)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी सशस्त्र समूहको परिचालनले जातीय विद्वेष एवम् हिंसा निम्त्याउने तथा त्यसले विगतमा झै सर्वसाधारणको ज्यान जाने महिला र बालबालिका अपहरणमा पर्ने, हजारौंँ नागरिकलाई विस्थापित पार्ने र सम्पत्तिको विनाशमात्र हुने भन्दै नुएर र मुर्ले समुदायका नेताहरूलाई मेलमिलापको मार्ग अवलम्बन गर्न आह्वान गरेको छ । 

साथै अनमिसले पहिले अपहरण गरिएका महिला र बालबालिकाको रिहाइ सुनिश्चित गर्न, लुटिएका गाईवस्तुलाई तिनका मालिकलाई फिर्ता गर्न तथा मौलिक मानव अधिकारप्रति सम्मान दर्शाउन पनि आह्वान गरेको छ । हिंसाको बाटो त्यागेर संवादको माध्यमबाट समस्याको निकास खोज्नुपर्नेमा पनि अनमिसले जोड दिएको छ ।

दक्षिण सुडानका जनतालाई सुरक्षाको प्रत्याभूति गराउन अनमिसले हरसंभव प्रयास गर्ने बताएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै