• २०८१ बैशाख २३ आइतबार

अमेरिकामा हिमआँधीमा परी ४९ जनाको मृत्यु

kharibot

बफेलो । ‘शताब्दी कै विनासकारी हिमआँधी’ भनिएको आँधीबाट अमेरिकाका विभिन्न राज्यमा मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको सोमबार न्यूयोर्कका आपतकालीन कर्मचारीहरूले जानकारी गराएका छन् ।

प्रभावित बासिन्दाहरूलाई उद्धार गर्ने कोसिस भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

न्यूयोर्कका गभर्नर क्याथी होचुलले भने, “उत्तरपूर्वी अमेरिकाका केही भागहरूमा हिमआँधीको अवस्था कायमै रहेको छ ।

यो खराब मौसमको विनाशकारी यात्रापछिको जोखिमयुक्त अवशेष हो । आँधीले देशलाई धेरै दिनसम्म चीसोको सामना गर्न बाध्य पारेको छ ।

“हिमआँधीका कारण व्यापक रूपमा बिजुली कटौती भएको छ, हजारौँको बाटौमा अलपत्र परेका छन् र नौ राज्यहरूमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ,” न्यूयोर्क प्रशासनद्वारा सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । न्युयोर्क राज्यमा अधिकारीहरूले विशेष गरी बफेलोमा घन्टौंसम्मको हिमबर्षापछि, सवारी साधनको अवरूद्धता र हिउँको किनारमा शवहरू फेला परेको र आपतकालीन कर्मचारीहरू जीवित व्यक्तिहरूको खोजीमा ‘कारदेखि कारसम्म’ मा जाने डरलाग्दो अवस्थाको वर्णन गरेका छन् ।

तीव्र हिमआँधी, हावाहुरी र शून्यभन्दा कम तापक्रमका कारण हालैका दिनहरूमा १५ हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएको ट्र्याकिङ, फ्लाइटवेयर डट कमले जनाएको छ ।

अमेरिकामा खराब जाडो मौसमको लागि अपरिचित नमानिने एरी काउन्टीको प्रसिद्ध शहर बफेलो सङ्कटपूर्ण अवस्थाको केन्द्रबिन्दुमा रहेको छ ।

शहरका धेरै भागमा ठूलो मात्रा तीन फिटसम्म हिउँले जमिनलाई ढाकेको छ । न्यूयोर्कका गभर्नर होचुलले मङ्गलबार पत्रकारसँगको कुराकानीमा भने, “निश्चित रूपमा यो शताब्दीको विनाशकारी हिमआँधी हो । होचुलका अनुसार न्युयोर्कका केही शहरमा रातभर ३० देखि ४० इन्च (०.७५ देखि १ मिटर) सम्म हिउँ जमेको छ ।

विनाशकारी हिमआँधीपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोमबार पछि होचुलले राष्ट्रपति जो बाइडेनसँग कुरा गरेका र न्यूयोर्क राज्यलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले ‘संघीय सरकारको पूर्ण शक्ति’ परिचालनको प्रस्ताव गरेका थिए र राष्ट्रपतिले बाइडेनले सहयोगको प्रतिवद्धतासहित आँधीमा आफ्ना प्रियजनहरूको आत्मको शान्तिका लागि प्रार्थना गरेका छन् । बाइडेनले प्रभावित राज्यका लागि आपतकालीन सहयोगको घोषणालाई पनि अनुमोदन गरेको ह्वाइट हाउसले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै