• २०८१ बैशाख २९ शनिबार

जनप्रतिनिधिकै मिलेमत्तोमा जथाभावी माटो उत्खनन्

kharibot

सिरहा । जनप्रतिनिधिसँगकाे मिलेमताेमा अवैध रुपमा माटो उत्खनन् गर्ने दुई वटा ट्रक र एक वटा डाेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोलबजार नगरपालिका-७ चोहर्वास्थित सामुदायिक भवन छेउमा रहेको खाल्डो पुर्न सोही वडाको आधारभुत विद्यालय कदिमाटोल नजिकैबाट अवैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बा१क ७३२९ नम्बरको डाेजर र ना२क ९ नम्बरको ट्रक र ज१क ४९४ नम्वरको  अर्काे डाेजर नियन्त्रणमा लिएको हो । माटो उत्खननका कारण विद्यालय जोखिममा परेकाे स्थानीयको भनाइ छ। सानो खोल्साको डिलमा रहेको विद्यालय नजिकबाट जथाभावी माटो निकाल्दा विद्यालयमा पहिराे जाने अवस्थामा पुगेकाे स्थानीय युवाकाे भनाइ छ ।

नगरकै योजनाको काममा प्रयोग भईरहेको माटो अवैधरुपमा उत्खनन् हुँदा पालिकाको दोहोरो करछली भएको स्थानीय युवा बताउँछन् ।

यसरी दर्ता नभएको खानी वा जमिनबाट माटो खरिद गर्दा राजश्व छली हुन्छ नै । सँगै उपभोक्ताले सस्तोमा किनेर महंगोको विल हाल्न पाउने सुविधा पनि रहन्छ। 

वडाअध्यक्ष हरिशरण ठाकुरले उपभोक्ता समितिले व्यक्तिको नाममा रहेको नम्बरी जमिनबाट माटो ल्याएको बताए ।

उनले भने, ‘उपभोक्ताले नजिकै रहेको महेन्द्र यादवको नम्बरी जमिनबाट माटो ल्याएको हो, कुनै ऐलानी जमिनबाट होइन्, नजिकै भेटेकाले ल्याएछ ।’

नगरपालिकाको श्रममुलक कार्यक्रम निर्माण कार्य (एलआईपी) कार्यक्रमअन्तर्गत गोलबजार नपा-७ चोहर्वामा अधुरो सामुदायिक भवन फिनिसिङका लागि २० लाख रकम छुट्याएको छ। 

सम्झौता नगरी काम सुरू 

अधुरो सामुदायिक भवन फिनिसिङका लागि उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता नै नगरी काम सुरु गरेको छ । गोलबजार नगरपालिकाका रोजगार संयोजक सुरेश ठाकुरले समिति गठन भएको सुने पनि आधिकारिक रुपमा फाइल आईनसकेको बताए । उनले भने, ‘फाईल नै आएको छैन, फाईल नआई सम्झौता र कार्यादेश कसरी हुन्छ ?’ भन्दै उल्टै प्रतिप्रश्न गरे। वडा अध्यक्ष हरिशरण ठाकुरले केहि दिन पहिला सर्वदलिय सर्वपक्षिय वैठक बसेर समिति गठन गरे पनि अझै आधिरीक जानकारी नआएको बताए ।

उनले भने, ‘बैठकबाट समिति गठन भईसकेको छ, समितिमा को को छ भन्ने मैले जानकारी लिनुपर्छ, त्यही समितिले काम गरेको होला।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै