• २०८१ बैशाख १६ आइतबार

संकटाले चुम्यो आहा रारा गोल्डकपको उपाधि

kharibot

पोखरा । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो ।

kamana bank
clasic tec
रोमान्चक खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा च्याम्पियन बनेको हो ।

संकटाले दोस्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको हो ।

खेल अतिरिक्त समयमा धकेलिनु अघि खेलको आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।

३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए ।

खेलको ३७ औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दै भुटनीजलाई २-१ को स्थितिमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै भुटनीजलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल २-२ को बराबरी हुँदा अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको ११७ औं मिनेटमा सुनिलले विजयी गोल गरे ।

उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।

उपविजेता बनेको भुटनीजले ६ लाखमा चित्त बुझायो ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताबाट वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै